Skip to content
Shikhar Insurance
National Life

दशैँ तिहारमा चङ्गा उडाउन नपाउने, उडाएमा कानुन बमोजिम कडा कारवाही

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले दशैँ तिहारमा चङ्गा उठाउन निषेध गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल वरपरको क्षेत्रमा चङ्गा उठाउन निषेध गरेको हो ।

प्राधिकरणले चङ्गा नउडाउने सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने गर्दा उडान सुरक्षामा गम्भीर असर परे्को भन्दै सो निर्देशन दिएको हो ।

विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने सम्बन्धमा विमानस्थलको गम्भीर ध्यानाकर्षण भन्दै प्राधिकरणले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन हुन सम्बन्धित सबैलाई आग्रह गरेको छ । साथै, कसैले सो सूचनाको अवज्ञा वा अटेर गरी यस्तो गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने समेत प्राधिकरणले उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्