Skip to content
Shikhar Insurance
National Life

थुनुवासहित फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पक्राउ पर्नेमा तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनी पथरावुधाम ३ रौतहटका रहेको प्रहरीले बताएको छ । उनले नक्कली चिट बनाइ आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत समेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली फरार गरेको अभियोगमा १६ वर्षपछि भारत सीमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले बताएका छन् ।

उनले आवश्यक कारबाहीको लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहीता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने बताए । तत्कालीन समयमा एक करोडबाट शुरु गरी १० लाखमा डिल गरी ६ लाख २५ हजार निजले पाएको प्रहरीले बताएको छ । पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको पनि उनले बताए । —न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्