Skip to content
Shikhar Insurance
National Life

थपिए ५ पाँच वटा संस्थागत लगानीकर्ता, फराकिलो बन्दै बुक बिल्डिङ

Hyundai
NCELL
NIMB

काठमाडौं । बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप पाँच संस्थागत लगानीकर्तालाई स्वीकृति प्रदान गरेको छ । बोर्डले बुक विल्डिङ्ग विधिबाट सार्वजनिक निष्काशन गरिने धितोपत्रको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने योग्य संस्थागत लगानीकर्ताको संख्या बृद्धि गर्दै लैजाने क्रममा बोर्डले देहायका थप पाँच संस्थागत लगानीकर्तालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरिएको जनाएको छ ।

पाँच संस्थागत लगानीकर्ता थपिएपछि योग्य संस्थागत लगानीकर्ताको संख्या ८८ पुगेको छ । बोर्डले आइतबार सिबिआईएल क्यापिटल, सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि र कुमारी इक्विटी फण्ड रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्