Skip to content
Shikhar Insurance
National Life

‘सबैको हितमा ल्याइएको पुँजी वृद्धि नीति पालना नगर्ने कम्पनीलाई मर्जर गराइन्छ’–अध्यक्ष सिलवाल

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा ल्याइएको बताएका छन् । उनले तोकिएको चुत्ता पूँजी दिइएको समयसीमा भित्र नपुर्याउने कम्पनीलाई मर्जर गराइने कम्पनीहरुका सञ्चालकहरुसँगको छलफलमा भनेका हुन् ।

कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा बिहिबार भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट पारेका छन् ।

“बीमा कम्पनीहरूको पूँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दो छ भने प्रशासनिक लागत बढ्दो छ, बीमाको दायरा बढ्दै गएको छ, कम्पनीहरूको दक्षता बढ्न सकेको छैन” अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो, पूँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो, पूँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पूँजी हो, यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ ।”

अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने भन्दै तोकिएको अवधिभित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्याउन नसके मर्जरमा जान बीमा कम्पनीहरूलाई आग्रह गरे ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पूँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको बताए ।

बीमा समितिले गरेको चुक्ता पूँजी वृद्धिको निर्णय पालना गर्न आफूहरू तयार रहेको बताउँदै बीमा कम्पनीहरुका सञ्चालकहरुले पूँजी वृद्धिमा समस्या परे त्यसको समाधान गर्न अभिभावकका रूपमा बीमा समिति तयार हुनु पर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्