Skip to content
Shikhar Insurance
National Life

तेह्रथुम पावरले लाभांश घोषणाविनै डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

Hyundai
NCELL
NIMB

काठमाडौं। तेह्रथुम पावर कम्पनीले लाभांश घोषणाविनै साधारणसभा डाकेको छ । कम्पनीले गत आर्थिक वर्ष नोक्सानी बेहोरेकोले लाभांशको प्रस्ताव विनै साधारणसभा डाकेको हो।

कम्पनीले पुस १० गते बागबजारको होटल हार्दिकमा सभा गर्ने भएको हो। कम्पनीले साधारण सभा प्रयोजनार्थका लागि मंसिर २५ देखि पुस १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।

सभामा सञ्चालक समितिको निर्वाचन र निर्वाचनका लागि अधिकृत चयन जस्ता एजेन्डाहरु छन्। सभामा सञ्चालक समितिको प्रतिवेदन र गत आर्थिक वर्षको वासलात नाफा नोक्सान र नगद प्रवाह लगायत विषयमा छलफल गर्नेछ।

साथै सभाले प्रस्तावहरु अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने पनि जनाएको छ।

गत आवमा कम्पनी ४४ लाख ३३ हजार रुपैयाँ घाटामा थियो। कम्पनीको माथिल्लो खोरुङा खोला सानो हाइड्रोपावर आयोजनाले व्यवसायिक उत्पादन सुरु गरे पनि कम्पनी नोक्सानीमै थियो। तर चालु आवको पहिलो त्रैमासमा भने कम्पनी १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्