Skip to content
Shikhar Insurance
National Life

तेस्रो पटक अर्थमन्त्री विष्णु पौडेलको इन्ट्रीसँगै सेयर बजारमा उछाल, दुई दिनमै ११६ अंक बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ अर्थमन्त्रीको आगमनसँगै सेयर बजारमा उछाल आएको छ । देशमा नयाँ राजनीतिक परिवर्तनसँगै सेयर बजारका लगानीकर्ताहरु पनि उत्साहित बनेका हुन्।

केहि समय अघिदेखि निरन्तर ओरालो लागेको सेयर बजार नयाँ अर्थमन्त्री विष्णु पौडेलको तेस्रो पटक इन्ट्रीसँगै बजारका लगानीकर्ताहरु उत्साहित देखिएका छन् । अर्थमन्त्री विष्णु पौडेल हिजो मात्र आफ्नो तेस्रो कार्यकाल सम्हालेका हुन् ।

सोमबार पनि बजारमैत्री अर्थमन्त्री नियुक्त हुने खबर आएसँगै सेयर बजारले हरियो झन्डा देखाएर स्वगत गरेको हो । यसअघि विष्णु पौडेलको अर्थमन्त्रीको दोस्रो कार्यकालमा सेयर बजार ३२ सयको उच्च विन्दुलाई चुमेको थियो । तेस्रो कार्यकालको पहिलो कारोबारमा पनि बजारले सुधारको संकेत देखाएको छ ।

पुनः विष्णु पौडेलको तेस्रो इन्ट्रीले दुई दिनमै सेयर बजार ११६.७५ अंकले उकालो लागेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५९.८७ अंक अर्थात ३.११ प्रतिशतले बढेर १,९८३.९५ को विन्दुमा बन्द भएको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १०.६० अंक अर्थात २.८२ प्रतिशतले बढेर ३८६.०५ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन नेप्से परिसूचक ५६.८६ अंकले बढ्दा २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

मंगलबार कारोबारमा आएको २०२ कम्पनीको सेयर मूल्य बढेको छ । ८ कम्पनीको घटेको छ । भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्तको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत, कालिका पावरको सेयरमुल्य ९.९८ प्रतिशत र तेह्थुम पावर कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको हो ।
यता, आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य सबैभन्दा बढी २.६३ प्रतिशतले घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २० करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, नेपाल टेलिकमको १४ करोड २ लाख ८ हजार, हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख ९६ हजार, नबिल बैंकको ११ करोड ३२ लाख २९ हजार र एनआईसी एशिया बैंकको १० करोड १२ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच भित्र छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ६.४३ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्