Skip to content
Shikhar Insurance
National Life

तेलको भाउ बढेको पर्सिपल्टै भारतले पठायो नयाँ मूल्यसूची, अब महिनामै ६ अर्ब घाटा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा तेलको मूल्य बढेको पर्सिपल्टै भारतले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (आईओसी)ले नियमित रूपमा पठाउने मूल्यसूची पठाएको हो ।

भारतबाट हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गरेको छ । नयाँ मूल्यसूची अनुसार नेपाल आयल निगमको खरिद लागत झनै आकासिएको छ । जसअनुसार निगमले डिजेललाई प्रतिलिटर ७ रूपैयाँ ४२ पैसा, मट्ट्रितेललाई ज्ञज्ञ रुपैयाँ २९ पैसा, हवाइ इन्धनलाई ४ रूपैयाँ ११ पैसा र ग्यासलाई प्रतिसिलिन्डर २४६ रूपैयाँ ९७ पैसा बढी तिर्नुपर्नेछ ।

शुक्रबार सार्वजनिक मूल्यसूचीअनुसार तेल बेच्दा अब निगमलाई पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ ४ पैसा, डिजेलमा १५ रूपैयाँ ६२ पैसा, हवाइ इन्धनमा (आन्तरिकतर्फ) १ पैसा र एलपी ग्यासमा ७२१ रूपैयाँ ६९ पैसा घाटा हुनेछ । मट्ट्रितेल र हवाइ इन्धनमा (अन्तर्राष्ट्रयतर्फ) भने निगलाई नाफा छ ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायले सिंहदरबारसँग भने, “भारतीय आयल निगमले नियमित पठाउने मुल्यसूची नोभेम्बर १ तारिखमा (आज) पठाएको छ । जसअनुसार निगमले झनै महंगोमा तेल किन्नुपर्ने भएको छ ।”

पुरानो मूल्यसूचीअनुसार १५ दिनमा १ अर्ब ८७ करोड रूपैयाँ घाटा हुने अनुमान गरिएकामा नयाँ मूल्यसूचीले त्यो घाटालाई ह्वात्तै बढाएको जानकारी उनले दिए । “जसअनुसार अब हामीलाई १५ दिनमै ३ अर्ब २ करोड रूपैयाँ घाटा हुनेछ,” प्रवक्ता उपाध्यायले थपे ।

यससँगै निगमको सञ्चिति नाफाको कोष रित्तिने भएको छ । १ वर्षदेखि घाटामा चलेको निगमलाई चालु आर्थिक वर्षको ४ महिना बित्दासम्म ११ अर्ब घाटा भइसक्नेछ ।

निगम प्रवक्ता भन्छन्, “घाटा यति धेरै भयो कि अबको केही समयमात्र निगमले मुस्किलले सञ्चित रकमबाट पैसा थप गरी तेल मगाउन सक्छ तर, त्यो लामो समय रहँदैन ।”

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE