Skip to content
Shikhar Insurance
National Life

तुल्सीपुरमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दाङको तुल्सीपुरमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न गरेको छ । यही पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा विभिन्न संघ संस्थामा आवद्ध ८० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले मुलुकको विकासको लागि महिलाहरुलाई रोजगारी र आय आर्जनको कार्यमा सक्रिय गराउनु आवश्यक रहेको बताए ।

समाजमा पिछडीएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडी बढाउने नीति लिएकोले नाफामूलक संघ संस्थाले त्यस्मा सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

तुल्सिपुर कार्यालय प्रमुख टेकम धितालले संचालन गरेका कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले गर्ने कार्यक्रमको विषयमा प्रकाश पारेका थिए। कम्पनीका बजार प्रबन्धक यम लाल न्यौपानेले स्वागत मन्तव्य दिदै उपस्थित महिलाहरुलाई मनोबल उच्च बनाउन पनि आय आर्जन कार्यमा अघि बढ्न आग्रह गरेका थिए ।

सभापतिको आसनबाट श्रीमती इन्दु आचार्यले बैंक बीमा कम्पनी मध्ये महालक्ष्मी लाईफले पहिलो पटक ल्याएको महिला सशक्तिकरण कार्यक्रमको प्रशंसा गर्दै यस क्षेत्रको महिलाहरुको कार्यक्रममा पूर्ण सहयोग, सहकार्य हुने विश्वास दिलाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्