Skip to content
Shikhar Insurance
National Life

तुल्सिराम ढकाल आजका दिन पनि ‘बाईङ पोजिसन’मै छ, पानी खाएर बाँच्छु तर यतिबेला सेयर बेच्दिन

Hyundai
NCELL
NIMB

बजारमा जहिले पनि अचम्म अचम्मका हल्ला चल्छन् । हाम्रो बजार एक दिन बढ्यो भने लौ बुलिस आयो भन्ने चलन छ । अर्काे दिन बजार घट्यो भने लौ खत्तम भन्ने हल्ला चल्छ । यी दुबै प्रवृत्ति गलत छन् । हामी लगानीकर्ताहरु अलिकति पनि धैर्य गर्न नसक्ने प्रवृत्तिका भैसकेका छौं । लगानी गरेपछि केहि न केहि धैर्यता पनि चाहिन्छ । धेरै हल्लाको पछाडी दौडनु पनि हुन्न । पुँजी बजारमा उतारचढाव सामान्य हुन् । समय अनुसार बजार तलमाथि भैरहन्छ । त्यसमा आत्तिनुपर्ने कारणै छैन् ।

अहिलेको बजारको अवस्था भनेकै सामान्य हो । लगानी गरेपछि सधैभरि बजार बढ्छ भन्ने ग्यारेन्टी छैन् । दोश्रो कुरा बजार सधै घटिरहने पनि होइन् । आजका दिनमा लगानीकर्ताहरु इन्स्योरेन्सहरुको पुँजी वृद्धि आउँछ, अनि सबैमा सर्किट लागेपछि सारा सेयर बेचेर हिडौँला भन्ने सोँचमा रहेछन् । अनि आज बजार घट्यो । किन धैर्य गर्न नसकेको त ? अलिकति बजार घट्ने वित्तिकै बेचेर हिड्नुपर्छ र ? कुर्ने साहस त चाहिन्छ । म २०५६ सालदेखि यहिँ बजारमा छु, आज र भोली पनि रहन्छु । मेरो जीवनमा बजार घट्यो भनेर कहिल्यै आतंकित भएको छैन् ।

पहिलो कुरा त बुझेर लगानी गर्नुपर्छ । दोश्रो कुरा लगानी गरिसकेपछि धैर्यता चाहिँ अवश्य चाहिन्छ । लगानीकर्ताहरु साना र ठूला हुँदैनन् । नयाँ र पुराना लगानीकर्ता मात्रै हुन्छन् । १० कित्ता किन्ने र लाखौं कित्ता किन्नेहरुका आफ्नो सम्पतिमा हैसियत बराबर हुन्छ ।

नयाँ लगानीकर्ताहरुलाई मेरो सुझाव छ की धैर्यतासहित लगानी गर्नुस् । कसैले भनेको सुनेको भरमा वा हल्लाका भरमा सेयर यति उचाईमा पुग्छ र यति कमाई हुन्छ भन्ने कुराको पछि नलाग्नुस् । यो आत्तिने समय नै होइन् । आर्थिक वर्षको ९ महिना सकिनै लागेको छ । सूचिकृत कम्पनीहरुको ९ महिनाको अपरिस्कृत वित्तिय विवरण आउने समय भैसकेको छ । हामीले त्यहि विवरण हेरेर लगानी गर्ने हो । आगामी ३ महिनापछि कम्पनीहरुले प्रतिफल दिन पनि सुरु गर्छन् ।

अर्काे कुरा भनेको अहिले पुँजी बजार धेरै तल आईसकेको छ । त्यसकारण पनि अझै धेरै घट्ने ठाउँ देखिन्न । मेरो कुरा गर्नुहुन्छ भने म तुल्सिराम ढकाल आजका दिन पाए बाई गर्छ तर सेल चाँही गर्दैन् । भात खाँदैन, बरु पानी मात्रै खाएर बाच्छ तर आफुसँग भएको सेयर बेच्दैन् । (नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकालसँग गरिएको कुराकानीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE