Skip to content
Shikhar Insurance
National Life

तुलसीपुरका किसानलाई क्रेडिट कार्ड दिने तयारी, बिना धितो सरकारले २ लाखसम्म ऋण दिने

Hyundai
NCELL
NIMB

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए। “ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ”, उाले भने, “त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा गएर छलफल भएपछि हामीले कार्यान्वयनमा गर्छौं ।”

किसानलाई क्रेडिटकार्ड दिएपछि २ लाख रुपैयाँसम्मको सहुलियत कर्जा पाउँछन् । यसअघि तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । सिसा परियोजना र मेघा बैंकको समन्वयमा वडाका १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको उनले बताए।

अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने उनको भनाइ छ । क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो सरकारले २ लाखसम्म ऋण दिन्छ । सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन् ।

त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड ५–५ वर्षमा नवीकरण गर्नुपर्छ । सिसा परियोजनाको आयोजनामा किसान क्रेडिट कार्ड कार्यान्वयन सहयोगसम्बन्धी कार्यविधि २०७९ का विषयमा अन्तक्रिया भएको छ । त्यस अवसरमा बैंकका प्रमुख, जनप्रतिनिधि, किसानलगायत सरोकारवालाले ‘क्रेडिट कार्ड’ले किसानलाई व्यावसायिकरुपमा फाइदा पुर्याउने बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्