Skip to content
Shikhar Insurance
National Life

‘तीन विधेयक अधिवेशनमा पेश गर्नेगरी तयारी गरौँ’

Hyundai
NCELL
NIMB

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदनको यही अधिवेशनमा तीन विधेयक पेश गर्नेगरी अघि बढाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको आजदेखि प्रारम्भ भएको छलफलमा उनले समितिमा विचाराधीन रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्को यही अधिवेशनमा पास गर्नेगरी अगाडि बढाउन आग्रह गरेका हुन् ।

मन्त्री चौरसियाले कानुुन बनाउने व्यवस्थालाई व्यवस्थित बनाउनका विधायनसम्बन्धी विधेयक ल्याएको र उक्त विधेयक जटिसक्दो चाँडो छलफल गरेर टुङ्ग्याउनु पर्नेमा जोड दिए ।

समितिको बैठकमा राष्ट्रियसभाबाट आएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सुरु भएको हो । समितिले यही साउन २९ गतेसम्म निरन्तर बैठक बसेर विधेयकमाथिको छलफल अघि बढाउने सहमति गरेको छ । उक्त विधेयकहरूमाथि छलफल गर्न समितिको बैठक भोलि पुन: ११ बजे बस्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्