Skip to content
Shikhar Insurance
National Life

तीन महिना नपुगी मौद्रिक नीतिका कुनै पनि व्यवस्था परिमार्जन हुँदैनन्ः राष्ट्र बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अघि सारिएका व्यवस्थाहरु तीन महिना नपुगी कुनै हालतमा परिमार्जन हुने स्पष्ट पारेको छ । राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले त्रैमासिक समिक्षा अघि मौद्रिक नीतिका कुनै पनि व्यवस्थाहरु परिमार्जन हुने स्पष्ट पारेका हुन् ।

नेपाल राष्ट्र बैंकले साउन २९ गते चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्यो, त्यसको कार्यान्वयनका लागि भदौ ८ गते सर्कुलर जारी गरिएको छ, मौद्रिक नीतिमै त्रैमासिक समिक्षा गर्ने भनिएको छ, र हाम्रो अभ्यास पनि त्यसरी नै हुँदै आएको छ । त्यस बाहेकको अवस्थामा सर्कुलर परिमार्जन भएका छैनन्, आजको भोली नै कुनै कुरा संसोधन परिमार्जन हुँदैनन् । तत्काललाई मौद्रिक नीति संसोधन गर्ने परम्परा नभएकाले परम्परा तोडिने सम्भावना अहिलेलाई छैन्,’ राष्ट्र बैंक प्रवक्ता ढकालले सिंहदरबारसँग भने ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको सर्कुलर मार्फत भनेको छ, ‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमाः मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोड कायम गरिएको छ । यो निर्देशन जारी हुनु पूर्व (मिति २०७८।०५।०८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ ।’

सो सिमा भन्दा बढी ऋण लिनेहरुले ऋण भुक्तान अवधी वा आगामी एक वर्षभित्र त्यस्तो कर्जा नियमित गरिसक्नुपर्ने भनेको छ । तर मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सिमा ४ करोड र सबै इजाजत प्राप्त संस्थाहरुबाट १२ करोड रुपैयाँ भन्दा बढी लिन नपाउने व्यवस्थाले सेयर बजारका लगानीकर्तालाई मार पारेको र रारष्ट्र बैंकले सेयर बजार घटाउन खोजेको आरोप लगाउँदै केहि लगानीकर्ताहरुले आन्दोलन गरिरहेका छन् ।

लगानीकर्ता दिपेन्द्र अग्रवाल र रामकृष्ण ढकालको अगुवाईमा लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आन्दोलन सुरु गरेका छन् । उनीहरुले सोमबार पुतलीसडकबाट जुलुस निकालेर बालुवाटार पुगेर कोण सभा गरेका थिए । लगानीकर्ताहरुले आन्दोलन थालेपछि अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई फोन गरेर सेयर बजार प्रभावित हुने व्यवस्थाहरु संसोधन गर्न भनेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE