Skip to content
Shikhar Insurance
National Life

यी हुन् तिहार र छठ पर्व बिदामा पनि बैंकिङ सेवा सुचारु राख्ने २४ वाणिज्य र ५ विकास बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । २०७९ सालको तिहार र छठ पर्वको बिदा काक्तिक ७ गते सोमबार लक्ष्मी पुजासँगै शुरु भएको छ ।

यस पटक तिहार र छठ पर्व समाप्त पछि पनि २ दिन अतिरिक्त बिदा परेको छ । भाइटिकाको भोलीपल्ट शुक्रबार सरकारले तिहार बिदा नै भनेर सार्वजनिक बिदा दिएको छ भने आइतबार समेत छठ पर्वको सार्वजनिक बिदा हुँदा यसपालीको तिहार बिदा लम्बिएको हो ।

काक्तिक ७ गतेदेखि शुरु भएको तिहार र छठ पर्वको बिदा काक्तिक १३ गवतेसम्म छ । भने, सरकारी तथा निजी क्षेत्रका विभिन्न संघ संस्था, प्रतिष्ठानसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि काक्तिक १४ गतेदेखि मात्रै खुल्छन् ।

एक साताको तिहार र छठ पर्व बिदामा बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने् हुँदा बैंकिङ कारोबार बिदा शुरु हुनु अघि काक्तिक ६ गतेसम्म समाप्त गरिसक्नु पर्ने चटारो सबैलाई थियो ।

यसबीच चेक साट्नु पर्ने भएमा वा पैसा झिक्नु वा राख्नुपर्ने भएमा तिहारको एक साता लामो बिदा पर्खिनु पर्ने हुन्छ । तर, यसबीच ग्राहकको आवश्यकतालाई ध्यान दिँदै २४ वटा वाणिज्य बैंक र ५ वटा विकास बैंकहरुले तिहारको बिदाको दिन समेत बैंकिङ सेवा दिने भएका छन् ।

तिहार बिदा शसरु हुनु अघि बैंकिङ कारोबार गर्न छुटेका वा तिहारबिदाबीचमै आवश्यक बैंकिङ कारोबार गर्नु पर्ने ग्राहकलाई सेवा दिन केही शाखा कार्यालय खुला गर्न लागेका हुन् ।

यसरी तिहार बिदामा पनि बैंकिङ सेवा दिन तयार अधिकांश बैंकहरुले भने भाइटिकाको दिन अर्थात् काक्तिक १० गते भने खुला गरिएका शाखा कार्यालय बन्द राख्ने उल्लेख गरेका छन् ।

तिहार र छठ पर्वको बिदामा खुला हुने अधिकाँश बैंकका शाखामा ग्राहकलाई निक्षेप झिक्ने र राख्ने वाहेकका अत्यावश्यक कारोबार मात्र हुने बैंकहरुले जनाएका छन् । यसरी बिदामा उपत्यका र बाहिरका केही प्रमुख स्थानहरु गरी वाणिज्य बैंकहरुले सातै प्रदेशमा कार्यतालिका बनाएर बैंकिङ सेवा प्रवाह गर्ने छन् ।

तिहार र छठपर्व बिदामा नेपाल सेञ्चुरी कर्मसियल बैंक र सिटिजन्स बैंक बाहेक सबै वाणिज्य बैंक र ५ राष्ट्रियस्तरका विकास बैंकहरु समेत खुला रहेने छन् ।

तिहार र छठ पर्वको बिदामा पनि शाखा कार्यालय खुला गर्ने बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भौतिक बैंकिङ सेवा समेत दिने भएका हुन् ।

नेपाल बैंक:

कृषि विकास बैंकः

 

सनराइज बैंकः

सिद्धार्थ बैंकः

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकः

स्टयाण्डर्ड चार्टर्ड बैंकः

नेपाल एसबिआई बैंकः

सानिमा बैंकः

राष्ट्रिय वाणिज्य बैंकः

प्रभु बैंकः

एनएमबि बैंकः

प्राइम कर्मसियल बैंकः

एनआइसी एशिया बैंकः

 

नेपाल इन्भेष्टमेण्ट बैंकः

 

नेपाल बैंकः

नबिल बैंकः

एनसीसी बैंकः

मुक्तिनाथ विकास बैंकः

 

महालक्ष्मी विकास बैंकः

 

मेगा बैंकः

लक्ष्मी बैंकः

 

 

कुमारी बैंकः 

 

ज्योति विकास बैंकः

 

हिमालयन बैंकः

 

ग्लोबल आइएमई बैंकः

बैंक अफ काठमाण्डूः

 

एभरेष्ट बैंकः

सिभिल बैंकः

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE