Skip to content
Shikhar Insurance
National Life

‘तिज सप्ताहन्न उत्सव’ को अवसरमा बन्दीपुर केबलकारमा आकर्षक अफर, प्रति टिकट २५ रुपैयाँ

Hyundai
NCELL
NIMB

बन्दीपुर केबलकार एण्ड टुरिजमले ‘तिज सप्ताहन्न उत्सव’ सुरु गरेको छ । बन्दीपुर केबलकारले भदौ १५ गतेदेखि सोे कार्यक्रम सुरु गरेको हो ।

बन्दीपुर केबलकार एण्ड टुरिजम कार्यक्रमको मुख्य व्यवस्थापनका रुपमा रहेको छ । यस अवसरमा सहभागीहरूलाई बन्दीपुरको केबलकारमा दोहोरो सवारीमा ३ सय ५० रुपैयाँमा चढ्ने व्यवस्था गरिएको छ । साथै, कार्यक्रमको सहयोगको लागि प्रतिटिकट २५ रुपैयाँ दिने केबलकार कम्पनीले घोषणा गरेको छ ।

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा सुरु भएको सो कार्यक्रमको समुद्घाटन नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले गर्ने भएका छन् । कार्यक्रम खड्गदेवी मन्दिर परिसरमा आयोजना गरिएको छ । नेपाल कै ठुलो पुरस्कार राशी राखी खुल्ला तीज गीत प्रतियोगिता, सांस्कृतिक कन्सर्ट, सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रस्तुति समेत सप्ताहन्न उत्सवको मुख्य आकर्षण रहेको बन्दीपुर केबलकारले जनाएको छ ।

कार्यक्रम उल्लासय रूपमा बन्दीपुरलाई चिनाउने गरी तयार गरिएको आयोजकले दाबी गरेको छ । पहिलो पटक बन्दीपुरका सबै सङ्घ संस्थाहरू मिलेर आयोजन गरिएको यस कार्यक्रमको संरक्षण बन्दीपुर गाउँपालिका आफैँले गरेको छ । पुरस्कारको प्रायोजन चन्द्र निर्माण सेवा, डिजाईन स्टेशन प्रालि, केज कन्सल्टेन्ट प्रालि, विज बजारलगायत कम्पनीले गरेका छन् र बन्दीपुरका सबै सङ्घ संस्थाहरू र स्थानीय बासीहरूले आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

उद्घाटन सत्र पछि साँझ हुने भव्य सांस्कृतिक कन्सर्टको लागि काठमाडौंबाट आएकी चर्चित गायिका रीता केसीको मूख्य प्रस्तुति र अन्य कलाकारहरू समेतको बेजोड प्रस्तुति रहने छ । प्रत्येक दिन साँझ सांस्कृतिक कार्यक्रम र दिव्य महाआरती हुने आयोजकले बताएको छ । कार्यक्रम २२ गतेसम्म निरन्तर सञ्चालन हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्