Skip to content
Shikhar Insurance
National Life

तयार भयो नाडाको कार्यसमितिः उप्रेती महासचिव, सदस्यको सूचीमा गोल्छा–ढकाल सुपुत्रद्वय

Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनको महासचिबमा सुरेन्द्रकुमार उप्रेती चयन भएका छन् । नाडाको ४५ औं वार्षिक साधारणसभाले ध्रुव थापाको नेतृत्वमा २९ सदसिय केन्द्रीय कार्य समिति निर्वाचित गरेकोमा पुस ७ गते बसेको केन्द्रीय कार्य समितिले पदाधिकारीको समेत निर्वाचन सम्पन्न गरेको हो ।

नाडाको २९ जनाको केन्द्रीय कार्यसमिति सदस्य तथा २ जना आमन्त्रित सदस्य सहित ३१ सदस्सीय केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न भएको हो ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले गत सोमबार सवारी साधनहरु आयात गर्न प्रतीतपत्र ( एलसी) खोल्दा अनिवार्य रुपमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ जस अनुसार मोटरसाइकल र कारजीप भ्यान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्थाले अटोमोवाइल व्यवसायीहरु मात्र नभई उपभोक्ताहरु समेत ठूलो मारमा परेकोले उक्त निर्णयमा पुर्नविचार गर्न नाडाले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

सदस्यको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र चन्द्र ढकालका पुत्रहरू छन् । दुवैलाई अध्यक्ष थापाले मनोनित गरेका हुन् ।

अध्यक्षः ध्रुब बहादुर थापा
निबर्तमान अध्यक्षः कृष्णप्रसाद दुलाल
संस्थागत उपाध्यक्षः सुभाष आचार्य
संस्थागत उपाध्यक्षः मोहनबाबु खडका
उपाध्यक्षः राजनबाबु श्रेष्ठ
उपाध्यक्षः सुनिल रिजाल / निराकार श्रेष्ठ
महासचिवः सुरेन्द्रकुमार उप्रेती
सचिवः विक्रम सिंघानिया
कोषाध्यक्षः मिलनबाबु मल्ल
सहकोषाध्यक्षः पंकज अग्रवाल

संस्थागत सदस्य
प्रदेश २ः जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, तेजनारायण साह
प्रदेश ३ः हेटौडा अटोमोवाइल्स एशोसिएशन, सुदेशकुमार श्रेष्ठ
प्रदेश ५ः लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, गणेश भट्टराई
प्रदेश ६ः कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपाल, भद्र भण्डारी
प्रदेश ७ः सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका, पुष्कर ओझा

सदस्यः

आकाश गोल्छा
प्रकाश कपुरी
अभिक ज्योति
अनुपकुमार बराल
कपिल शिवाकोटी
निलमणी पाठक
प्रदिपमान प्रधान
यमुना श्रेष्ठ
बरदान बस्नेत
गोपाल भट्टराई

अध्यक्षबाट मनोनित सदस्यः

दिपक कुमार अग्रवाल
सोहन बहादुर श्रेष्ठ
अभिमन्यू गोल्छा

आमन्त्रित सदस्यः

निशान ढकाल
अमृत जोशी

GBIME

प्रतिक्रिया दिनुहोस्