Skip to content
Shikhar Insurance
National Life

तत्काल विदेशमा शाखा खोल्ने अवस्था छैन, ब्रोकर लाइसेन्सले व्यवसाय विस्तारमा सहयोग गर्छ

Hyundai
NCELL
NIMB

नेपाल पुनर्बीमा २०७१ साल साउन २२ गते कम्पनीका रुपमा स्थापना भएको र पुष ७ गते उद्घाटन भएको कम्पनी हो । कात्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनी स्थापना भएको हो । पुनर्बीमा कम्पनी खोल्नु भन्दा अघि नै पुनर्बीमा ब्रोकरको लाइसेन्स दिनुपर्ने कानुनी व्यवस्था थियो । तर त्यति बेला सम्भव भएनछ ।

अहिले नेपाल पुनर्बीमा कम्पनीसँगै अर्काे एउटा कम्पनी थप्ने निर्णय भएको छ । नयाँ पुनर्बीमा कम्पनीले लाइसेन्स प्रक्रिया अघि बढाएपछि ब्रोकरलाई लाइसेन्स दिने सम्बन्धी व्यवस्था पनि अघि बढेको छ ।

पुनर्बीमा कम्पनीको व्यवसाय विस्तारका लागि ब्रोकर अनिवार्य हुन्छन् । अझ भनौं ब्रोकर बिना पुनर्बीमा कम्पनीहरुले आफ्नो व्यवसाय गर्नै असम्भव जस्तै हुन्छ ।
पुनर्बीमाको कारोबार र व्यवसाय गर्नका लागि ब्रोकर अनिवार्य सर्त हो ।

अब नेपाली नागरिकहरुले कुनै कम्पनी वा फर्म स्थापना गरेर ब्रोकर सेवा दिन सक्छन् । नेपालीहरुले ब्रोकर बन्न सक्ने अवस्था रहेन भने विदेशीहरुले पनि निश्चित प्रक्रिया पुरा गरेर पुनर्बीमा ब्रोकरको काम गर्न सक्छन् ।

ब्रोकर लाइसेन्सले पुनर्बीमा व्यवसायलाई मर्यादित, अनुशासित र सुरक्षित बनाउन सहयोग गर्छ । बीमा समितिबाट लाइसेन्स लिएर मात्रै ब्रोकर सेवा दिन सकिन्छ । यसबाट राज्यले कर पनि पाउँछ ।

र अहिले पनि छन् ब्रोकर
हामीले अहिले पनि भारत, सिंगापुरमा पुनर्बीमा ब्रोकर मार्फत काम गरिरहेका छौं । तोकिएका प्रडक्टका निम्ति मापदण्ड अनुसार कमिसन दिएर काम गरिरहेका छौं ।

हामीले पहिले ३३ देशमा कारोबार गरेका थियौं । एउटा जोखिम भएको प्रडक्ट घटाउँद १३।१४ वटा देशमा हाम्रो व्यापार चलिरहेको छ । ति व्यवसायहरु ब्रोकर मार्फत नै आएका थिए । व्यवसायमा जोखिम छैन् नाफा पनि छैन । धेरै जोखिम लिए धेरै नाफा हुन्छ भन्ने गरिन्छ । र जोखिम ग्रहण गर्ने भनेको विश्वासका आधारमा हो ।

जोखिम बढेपछि
व्यवसाय लिँदा राम्रोसँग ध्यान दिन सकिएन भने कम्पनीले नोक्सानी पनि व्यहोर्नुपर्ने हुन्छ । कहिलेकहीँ कम्पनी टाट पल्टिने अवस्था पनि आउन सक्छ ।
हामीले पनि ऐच्छिक रुपले गर्ने एउटा व्यवसाय राम्रो नदेखेपछि बन्द गरेका छौं । सुरुमा व्यवसाय विस्तार गर्ने नाममा खुरुखुरु काम गरियो । अण्डर राइटिङ पनि राम्रो गरिएको रहेनछ । धेरै दावी आउन थाले, कम्पनीको पुँजीमै जोखिम पुर्याउने देखेपछि हामीले त्यस्तो प्रडक्ट नै बन्द गरिदिएका हौं ।

तत्काल विदेशमा शाखा खोल्दैनौं
हाम्रो विदेशमा शाखा वा सम्पर्क कार्यालय खोल्ने योजना छ । तर त्यसका लागि निश्चित प्रक्रिया पुरा गर्नुपर्छ । हाम्रो नजिकको बजार भनेको भारत नै हो । भारतमा पनि शाखा खोल्नका लागि पुनर्बीमा कम्पनी खोलेर सेवा आरम्भ गरेको १० वर्ष पुरा हुनुपर्छ । त्यसपछि पनि अन्तराष्ट्रिय रेटिङ, पुँजी र प्रविधि, व्यवसायको आकार, जनशक्ति जस्ता पक्षका सर्तहरु हुन्छन् । ति सबै पुरा गरेपछि मात्रै भारतमा शाखा खोल्न पाइन्छ । तेश्रो मुलुकमा शाखा खोल्न त अझै धेरै सर्तहरु हुन्छन् ।

नेपाल पुनर्बीमा कम्पनीले २०७१ सालदेखि कारोबार थालेको हो । २०८२ सालमा मात्रै हामीले भारतमा शाखा खोल्नका लागि आवेदन दिन पाउँछौं । भारतको बीमा क्षेत्रको नियामक निकायमा लाइसेन्स दिने हो । त्यसका लागि उसले भनेका सर्तहरु पुरा गरेर शाखा खोल्ने अनुमति पाउन त अझै केहि समय लाग्छ ।

बोनस र हकप्रद बारे
बजारमा पुनर्बीमा कम्पनीले यति बोनस सेयर दिँदैछ, यति प्रतिशत हकप्रद सेयर दिँदैछ भन्ने हल्ला चलाईएको रहेछ । म अहिले त्यसबारे केहि पनि बोल्दिन् । त्यस सम्बन्धी निर्णयहरु उपयुक्त समयमा हुनेछन् । के निर्णय आउँछ ? त्यो समयले बताउँछ । अहिले केहि बोल्नु उपयुक्त हुन्न ।त्यसरी बोल्नु भनेको कानुनको उल्लंघन हो, कारवाहीको भागिदार हुनु हो । म यसबारे केहि भन्दिन् ।

(नेपाल पुनर्बीमा कम्पनीका सीईओ रायमाझीसँग गरिएको कुराकानीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्