Skip to content
Shikhar Insurance
National Life

जनता बैंकमार्फत् बैंकिङ कसुर गरी अदालतबाट ४५ लाख जरिवाना ठहर भएका दीपेन्द्र प्रक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४५ लाख ५५ हजार चार सय १४ रुपैयाँ जरिवाना ठहर भएका सप्तरी राजविराज नगरपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ३२ वर्षीय दीपेन्द्र तातेडलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ १७ गतेको फैसलाले ४५ लाख ५५ हजार चार सय १४ रुपैयाँ जरिवाना र १५ दिन कैद सजाया ठहर भएका तातेडलाई भोटेबहालबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ उनले तत्कालिन जनता बैंक लिमिटेड काठमाडौँमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै झुक्यानमा पारेर बैंकिङजन्य कसुर गरेकाले उनलाई अदालतको आदेशअनुसार पक्राउ गरिएको हो ।

पक्राउ दीपेन्द्रलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कैद भुक्तानको लागि आज केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्