Skip to content
Shikhar Insurance
National Life

डेपुटीहरुलाई तोकियो जिम्मेवारी, चिन्तामणीको काम ढुंगानालाई, शिवराजको उत्तराधिकारी मिश्र

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नवनियुक्त डेपुटी गभर्नरद्धयको जिम्मेवारी छुट्याईएको छ । । बुधबार पदभार ग्रहण गरे लगत्तै गभर्नर महाप्रसाद अधिकारीले दुबै डेपुटी गभर्नरहरुको कार्यविभाजन गरेका हुन् ।

पहिलो वरियताकी बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय विभाग, राष्ट्रऋण व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, जनशक्ति व्यवस्थापन विभाग, सामान्य सेवा विभाग र संस्थागत योजना विभागको जिम्मा पाएकी छिन् । यस अघि यी सबै विभागहरु चिन्तामणी शिवाकोटीले सम्हाल्दै आएका थिए ।

यस अघि शिवराज श्रेष्ठले सम्हालेको वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्था गरी चारवटै क्षेत्रका सुपरिवेक्षण विभाग, अनुसन्धान विभाग, वित्त व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेश कार्यालयहरु र सूचना प्रविधि महाशाखाको जिम्मा डेपुटी गभर्नर बम बहादुर मिश्रको भागमा परेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्