Skip to content
Shikhar Insurance
National Life

डेढ अर्ब लगानीको एटिएस ब्राण्डको टाइल नेपाली बजारमा, गुणस्तरमा अब्बल

Hyundai
NCELL
NIMB

काठमाडौं । पशुपती सेरामिक्स् प्रा.लीले आफ्नो उत्पादन एटिएस टाइल्स्को परिक्षण बिक्रिबितरणको सुरुवात गरेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माण लगायत सम्पूर्ण पूर्व तयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरुलाई बजारमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।

नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापीत यस कम्पनीले दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ ।

कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००/४०० मिमिको पार्किङ्ग टाइल र ६००/६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो । कम्पनीले क्रमश ३००ह४५० को वाल टाइल र ६००ह १२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले यी सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६० हजार बर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधीमा आधारीत कारखनाको स्थापना गरेको छ ।

अन्तराष्ट्रिय रुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्रीबितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं, कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले जानकारी दिए, यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तराष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ ।”

साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे ।

उसोत अन्तराष्ट्रिय गुणस्तरको टाइल स्वदेशमै उत्पादन हुँदा बार्षिकरुपमा नेपालबाट बाहिरीरहेको करिब २० अर्ब रुपैँया देशभित्रै रहने, भविष्यमै हाम्रा उत्पादनहरु बिदेशमा निर्यात हुँदा राष्ट्रको बिदेशी मुद्रा आर्जन र संचितीमा बृद्धि हुने र रोजगारीको श्रृजनाद्धारा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने हामीले विश्वास लिएका छौं, कार्यकारी निर्देशक रौनीयारले अगाडी जानकारी दिए ।

करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार बर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आँकलन रहेको छ ।

कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ । भने सोचअनुसारको डिजाइनमा टाइल उत्पादन गर्नसक्ने क्षमतायुक्त यस कम्पनीले नेपाललाई छिट्टै भिविष्यमा टाइल निर्यात राष्ट्रको रुपमा विश्वब्यापी परिचय बनाउन मद्त गर्ने कम्पनीले विश्वास लिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्