Skip to content
Shikhar Insurance
National Life

डेडिकेटेड/ट्रंक लाइन विवादमा विद्युत काटिएका उद्योगहरुमा आजै लाइन जोडिने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगहरुमा आजै विद्युत जडान गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस अघि लाइन काटिएका सबै उद्योगहरुमा विद्युत लाइन जोड्ने निर्णय गरेको हो ।

पुस २४ गतेको मन्त्रिपरिषद बैठकको निर्णय प्राप्त भएपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन महशुल विवादमा लाइन काटिएका उद्योगहरुमा विद्युत लाइन जोड्ने निर्णय गरेको हो । आजै सबै उद्योगहरुमा लाइन जोडिनेछ ।

प्राधिकरणले पुस ६ गतेपछि २४ उद्योगको लाइन काटेको थियो । पुस २४ गते बसेको मन्त्रिपरिषद बैठकले सर्वाेच्च अदालतको पूर्व न्यायधिश गिरिषचन्द्र लालको नेतृत्वमा डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता विवाद छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको थियो समितिमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र उद्योगसचिव मुकुन्दप्रसाद निरौला सदस्य छन् ।

सोही बैठकले डेडिकेटेट तथाा ट्रंक लाइन महशुल विवादमा लाइन काटिएका उद्योगहरुमा तत्काल विद्युत लाइन जोड्न पनि निर्देशन दिएको थियो । प्राधिकरणले ६१ उद्योगहरूबाट २२ अर्ब २४ करोड उठाउन बाँकी रहेको बताउँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्