Skip to content
Shikhar Insurance
National Life

डेङ्गी रोकथामका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेङ्गी रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै कार्कीले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग मुलुकभर फैलिएको र आतङ्क सिर्जना गरेको बताए। अहिले ज्वरोको लक्षण देखिएर अस्पताल जाने ७० प्रतिशतमा डेङ्गीको सङ्क्रमण पुष्टि हुने गरेको उनको भनाइ छ ।

“अहिले डेङ्गी रोगले देशभर आतङ्क सिर्जना गरेको छ । यो रोग निवारणका लागि समुचित प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहान्छु”, कार्कीले संसद्मा भने, “जटिल अवस्थामा पुगेका बिरामीलाई विशेष अस्पतालको प्रबन्ध गरेर उपचार थालियोस् ।” औषधि र स्वास्थ्य सामग्रीको अभावका कारण बिरामीले उपचार पाउन नसकेको बारे पनि कार्कीले सरकारको ध्यानाकर्षण गरे।

अहिले सुनसरी जिल्लामा मात्र १४ हजार दुई सय ६४ जना डेङ्गी रोगीका सङ्क्रमित रहेको र त्यहाँ डेङ्गीबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेकाले यो विषयमा गम्भीर हुनुपर्ने उनको जोड दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्