Skip to content
Shikhar Insurance
National Life

डिसहोम फाइवरनेटको नयाँ अफर ‘कनेक्सनको दोब्बर उत्सव’ ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएस पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं। डिसहोम फाइवरनेटको नयाँ अफर ‘कनेक्सनको दोब्बर उत्सव’ सार्वजनिक गरेको छ। चाडबाडको मौसममा डिसहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अब ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउनेछन्।

उक्त अफरअन्तर्गत हाम्रा ग्राहकहरुले शुलभ मूल्यमा डिसहोम फाइवरनेटको उच्च गति र उत्कृष्ठ सेवाको अनुभव लिन पाउने कम्पनीले विश्वास लिएको छ।

नेपालको सबैभन्दा छिटो, भरपर्दोे र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको जनाएको छ। ग्राहकहरुले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानिछानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ठ ग्राहकसेवाका कारण पछिल्लो समय डिसहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको विज्ञप्तिमा उल्लेख छ।

डिसहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं ०१– ५९७०३६५ मा फोन गरेर लिन सकिने जनाएको छ।

डिसहोम फाइवरनेट जडान गर्ने ग्राहकहरुले निम्नबमोजिमको ब्यान्डविथ शुलभ मूल्यमा पाउन सकिनेछः

*५०+५० एमबीपीएसः एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उही पुरानै ५० एमबीपीएसको मूल्यमा ७ हजार ८ सय ९८ रूपैयाँ (भ्याटबाहेक) मा जडान गर्न सकिने ।

*७५+७५ एमबीपीएसः एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उही पुरानै ७५ एमबीपीएसको मूल्यमा ८ हजार ७ सय ५९ रूपैयाँ (भ्याटबाहेक) मा जडान गर्न सकिने ।

*१००+१०० एमबीपीएसः एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उही पुरानै १०० एमबीपीएसको मूल्यमा ९ हजार ६ सय ९८ रूपैयाँ (भ्याटबाहेक) मा जडान गर्न सकिने ।

*१५०+१५० एमबीपीएसः एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उही पुरानै १५० एमबीपीएसकै मूल्यमा ७ हजार ८ सय ९८ रूपैयाँ (भ्याटबाहेक) मा जडान गर्न सकिने ।

GBIME

प्रतिक्रिया दिनुहोस्