Skip to content
Shikhar Insurance
National Life

डिशहोमले गर्यो आईसीसी टी–२० आई विश्वकप छनोटमा घोषणाको गरेको रकम क्रिकेट खेलाडीलाई प्रदान

Hyundai
NCELL
NIMB

काठमाडौं । डिशहोमले आईसीसी टी–२० आई विश्वकप क्रिकेट छनोट खेलका क्रममा घोषणा गरेअनुसार पुरस्कार जित्ने खेलाडीहरुलाई सोमबार नगद रकम प्रदान गरेको छ । डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले पुरस्कार रकम प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने,  “हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।ू साथै अबका दिनमा क्यानसँग जोडीएर अघी बढ्ने प्रतिबद्धता समेत जनाउँदछु ।”

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित पौडेललगायतका खेलाडी उपस्थित थिए । गत अक्टोबर २९ देखि सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।

पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ, एकै खेलमा शतक र पाँच विकेट लिने खेलाडीले २० लाख रुपैयाँ, एकै खेलमा पाँच विकेट लिएमा पाँच लाख रुपैयाँ, अर्धशतक बनाएमा एक लाख रुपैयाँ, कम्तीमा तीन विकेट लिएमा १ लाख रुपैयाँ, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा तीन क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिने डिशहोमले जनाएको थियो । नेपाल दश वर्षपछि टी २० विश्वकपमा छनोट भईसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्