Skip to content
Shikhar Insurance
National Life

डलरको मूल्य नयाँ रेकर्ड कायम, एक डलर साट्न कति रुपैयाँ खर्च गर्नुपर्ला ?

Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार अमेरिकी डलर हालसम्मर्कै उच्च विन्दुमा पुगी नयाँ रेकर्ड बनाएको हो ।

गत बुधबार १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको डलरको मूल्य आज २ पैसाले बृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार आज अर्थात आइतबार अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ७० पैसा पुगेको छ। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ७० पैसा खर्च गर्नुपर्ने भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । यो विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्र सटाही गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँसमेत इतिहासकै कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

कुन मुद्राको विनिमय दर कति ?

 

GBIME

प्रतिक्रिया दिनुहोस्