Skip to content
Shikhar Insurance
National Life

डलरको मूल्य नयाँ रेकर्ड कायम, एक अमेरिकी डलर साट्न कति रुपैयाँ खर्च गर्नुपर्ला ?

Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५७ पैसा पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार डलरको मूल्य १३३ रुपैयाँ ५१ पैसा थियो। बिहीबार ६ पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

अब नेपाल राष्ट्र बैंकबाट एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ५७ पैसा खर्च गर्नुपर्ने भएको छ। अन्य मुद्रा सटाहि गर्ने कम्पनी तथा वाणिज्य बैंकको तुलनामा फरक हुन सक्छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत इतिहासकै सबैभन्दा कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

यसअघि डलरको भाउ अधिकतम १३३ रुपैयाँ ५५ पैसासम्म मात्रै पुगेको थियो। बिहीबार सो रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।

डलरको मूल्य महंगिदै जाँदा नेपालीहरुलाई आयात भने झनै महँगो हुदै गएको छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

डलरको मूल्य महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा नेपालीहरुलाई फाइदाभन्दा बेफाइदा बढी भएको छ ।

विदेशी मुद्रको विनिमय दरः

 

GBIME

प्रतिक्रिया दिनुहोस्