Skip to content
Shikhar Insurance
National Life

डलरको मूल्य नयाँ रेकर्ड कायम, नेपाली रुपैयाँ बन्याे हालसम्मकै कमजोर

Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विदुमा पुगेको हो ।

मंगलबार अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। यो हासम्मकै उच्च मुल्य हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार डलरको मूल्य १३३ रुपैयाँ ४० पैसा थियो। मंगलबार १४ पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

अब नेपालीहरुले एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ५४ पैसा खर्च गर्नुपर्ने भएको छ।अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा त्यसको प्रभावले नेपाली रुपैयाँ समेत कमजोर भएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर भएको हो।

पछिल्लो समय डलरको मूल्य महंगिदै जाँदा आयात पनि झनै महँगो हुँदै गएको छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको मूल्य महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलरको मूल्य बढ्दा फाइदाभन्दा बेफाइदा बढी हुनेछ ।

विदेशी मुद्रको विनिमय दरः

GBIME

प्रतिक्रिया दिनुहोस्