Shikhar Insurance
National Life

ठमेलको छायादेवी कम्पेलेक्सले सन् २०२४ मा कमायो ८५ करोड ६० लाख, गतवर्ष भन्दा २ करोड बढि

सिंहदरबार संवाददाता
२०८१ पुष १७, बुधबार १२:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । ठमेलमा रहेको छायादेवी कम्पेलेक्सले सन् २०२४ मा ८५ करोड बढीकाे कारोबार गरेकाे छ । पाँचतारे होटल, फिल्म हल, सपिङ सेन्टर रहेको कम्पेलेक्सले सन् २०२४ मा ८५ करोड ६० लाखको कारोबार गरेको हो ।

केयर रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पेलेक्सले अग्रेंजी वर्ष २०२४ मा सन् २०२३ को तुलनामा १ करोड ९० लाख रुपैयाँ बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ मा ८३ करोड ७० लाखको व्यापार गरेको थियो । यसैगरी, सन् २०२२ मा ८४ करोड ६० लाखको कारोबार गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले सन् २०२१ मा सबैभन्दा धेरै १ अर्ब ८७ करोड ४० लाखको व्यापार गरेको थियो । पर्यटकिय नगर ठमेलमा ठाउँको अभाव हुँदै गएपछि बनेको यो कम्पेलेक्सले अपेक्षित व्यापार गर्न सकेको छैन । ठमेलका रिटेल शपहरु सबै कम्पेलेक्समा आएर बस्ने बताइए पनि कम्पनीले सोचेको अनुसार पसलहरु स्थानान्तरण गर्न सकेको छैन ।

भवन बनाएर भाडामा लगाउने उदेश्यले बनाएको यस भवनमा पाँच तारेस्तरको अलफ्ट होटल संचालनमा छ । यस्तै, भवनमा फिल्महल देखी विभिन्न रिटेल शपहरु छन् । कम्पनी सन् २०२१ मा पब्लिक लिमिटेडमा गएको हो । कम्पेलेक्सको ५१ प्रतिशत क्षेत्र अलफ्ट होटलले ओगटेको छ ।

कम्पेलेक्सले १ अर्ब ८० करोड ७ लाखको दीर्घकालिन ऋणको लागि रेटिङ गराएको छ भने ४३ लाखको छोटो समयको लागि ऋणको रेटिङ गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्