Shikhar Insurance
National Life

ट्रम्प आउनु अघि नै ब्याजदर एक चौधाईले घटाउने फेडको तयारी

सिंहदरबार संवाददाता
२०८१ पुष १, सोमबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । मुद्रास्फीतिमा हालैको वृद्धिका बावजुद जो बाइडेनको राष्ट्रपति कार्यकालको अन्तिम बैठकमा अमेरिकी फेडरल रिजर्भले आफ्नो प्रमुख उधारो दरमा एक चौथाई प्रतिशतका दरले कटौतीको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

फेडले अब आउने समयमा राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको आर्थिक प्रस्तावको प्रभावमा अनिश्चितताका कारण दर कटौतीको सुस्त बाटोलाई सङ्केत गर्ने सम्भावना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मङ्गलबार र बुधबारको बैठक बाइडेनले जनवरी २० मा ह्वाइट हाउस छोड्नुअघि अन्तिम फेड दर निर्णय हो । जनवरी २० मा बाइडेनले रिपब्लिकन ट्रम्पलाई दोस्रो कार्यकालका लागि कुर्सी हस्तान्तरण गर्नुहुनेछ । विश्लेषकहरूले ठूला नीतिगत परिवर्तनहरूको अपेक्षा गरेका छन् ।

ँ(ट्रम्प) प्रशासनले लागु गर्ने नीतिहरूलाई ध्यानमा राख्दै फेडले मौद्रिक नीतिलाई सहज बनाउन थप क्रमिक हुने अपेक्षा गरिएको छ”, इवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोले भने । उनले अझै पनि नीति निर्माताहरूले यस हप्ता दर कटौतीका लागि मतदान गर्ने अपेक्षा गरे ।

मुद्रास्फीति र बेरोजगारीलाई सम्बोधन गर्दा फेडसँग संसदबाट स्वतन्त्र रूपमा कार्य गर्ने जनादेश छ तर यसले अझै पनि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा सरकारको वित्तीय नीतिको प्रभावहरू विचार गर्नुपर्दछ ।

ट्रम्पले जीवनयापनको उच्च लागतलाई सम्बोधन गर्ने वाचा गरेका छन् । यो नोभेम्बरको चुनावमा उनले उपराष्ट्रपति कमला हैरिसलाई हराउँदै फेरि ह्वाइट हाउसमा फर्काउने मतदाताहरूको प्रमुख चिन्ता हो ।

तर धेरै विश्लेषकहरूले विशेष गरी संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने सामानहरूमा व्यापक शुल्क लागू गर्ने र लाखौँ कागजातविहीन कामदारहरूलाई निर्वासित गर्ने धम्कीसहित उनका केही प्रमुख नीतिगत पहलहरूको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

केपिएमजीकी प्रमुख अर्थशास्त्री डायन स्वोन्कले भने, ँती दुवैले एकसाथ मुद्रास्फीतिलाई उत्तेजित र वृद्धिलाई सीमित गर्ने प्रवृत्ति राख्छन् ।” यद्यपि उनले फेडले बुधबार दर कटौतीको घोषणा गर्ने अपेक्षा गरे ।

– कति कटौती ? –

श्रम बजारलाई राम्रो समर्थन गर्नेतर्फ दुई प्रतिशतको दीर्घकालीन मुद्रास्फीति लक्ष्यलाई प्राथमिकता दिँदै फेडले सेप्टेम्बरदेखि दरहरू शून्य दशमलव ७५ प्रतिशत–विन्दुले कटौती गरेको छ ।

फेडको यो परिवर्तन तथ्याङ्कले निर्देशित छ । त्यसको प्राथमिक मुद्रास्फीति मापक हालै तीव्र रूपमा घटेको छ र हालको सामान्य वृद्धिका बावजुद दुई प्रतिशत लक्ष्यमा नजिक छ ।

साथै अमेरिकी आर्थिक वृद्धि अझै आश्चर्यजनक रूपमा मजबुत रहेको छ । श्रम बजार थोरै कमजोर भएको छ तर समग्रमा लचिलो रहेको छ ।

यस हप्ता एक–चौथाई प्रतिशत दर घटाउँदा फेडको मुख्य ऋण दर चार दशमलव २५ र चार दशमलव ५० प्रतिशत बीचमा झार्नेछ । यो वर्षको सुरुमा दर कटौती सुरु गर्नुभन्दा एक पूर्ण प्रतिशत कम हुनेछ ।

सिएमई समूहको तथ्याङ्कअनुसार शुक्रबार वायदा बजारले फेडले एक–चौथाई प्रतिशत दर घटाउने सम्भावनालाई ९५ प्रतिशतभन्दा बढी अनुमान गरेको छ ।

तर आउने वर्षको चित्र अझै अनिश्चित देखिन्छ । वित्तीय बजारहरूले सन् २०२५ को अन्त्यमा आजको तुलनामा तीन–चौथाई प्रतिशत कम दर हुने ६५ प्रतिशतभन्दा केही कम सम्भावना देखाएका छन् ।

यसले बुधबार अपेक्षित एक दर कटौतीका साथै अर्को वर्ष थप दुई एक–चौथाई प्रतिशत दर कटौती हुनसक्ने सङ्केत दिन्छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्