Skip to content
Shikhar Insurance
National Life

टोलटोलमै पुगेर योजना सम्झौता हुँदा उपभोक्तामा खुशीयाली, समयसँगै खर्चको बचत

Hyundai
NCELL
NIMB

बलेवा । गाउँपालिकाले वार्षिक कार्यक्रम बनाएपछि मनबहादुर रानालाई लागेको थियो आफ्नै गाउँको खेलमैदान बनाउने जिम्मेवारी पक्कै पाइन्छ । उपभोक्ता समिति गठन गर्दा मानबहादुर अध्यक्षका दाबेदार थिए । गाउँकै खेलमैदान भएकाले आफैले नेतृत्व गरेर योजना सम्पन्न गर्ने उहाँको चाहना पनि थियो । बडिगाड गाउँपालिका–२ का मानबहादुरलाई लागेको थिएन उपभोक्ता समितिले यति सजिलै कामको सुरुवात गर्छ भनेर ।

पालिका धाउनुपर्ने, पटक–पटकको झण्झट खेप्नुपर्ने, योजना सम्झौताकै लागि हजारौँ रुपैयाँ खचिनुपर्ने पूर्व तयारी गरेर बसेका मनबहादुर आफ्नै दैलोमा योजना सम्झौता भएपछि दङ्ग छन् । उनी उपभोक्ता समितिको अध्यक्ष रहेको दनियाँ खेलमैदान निर्माणको योजना सम्झौता आफ्नै टोलमा भएपछि उनको समय र पैसा दुवै बचेको छ । त्यतिमात्रै होइन योजना सम्झौताका लागि पालिका धाउनुपर्ने समय उनले अब त्यही काममा लगाउनेछ ।

मनबहादुर मात्रै होइन बडिगाडका अधिकांश योजनाका उपभोक्ता समितिले राहत पाएका छन् । बडिगाडले वडा नं २ मा चालु आर्थिक वर्षमा ४८ योजना सञ्चालन गर्दै छ । यस पटक वडाले योजना सम्झौता र बैंक खाताका लागि वडामै चाँजो मिलाएको थियो । रानाले भने, “यति कामका लागि पालिका जानुपरेको भए मसहित सचिव र कोषाध्यक्षको गाडी भाडा, खाजा खटनपटनले धेरै नै दुःख हुन्थ्यो, तर वडामा काम बन्यो खुसी लागेको छ, समयसँगै खर्च बच्यो र काम पनि बन्यो, अब योजनाको काम सुरु गर्ने बाटो पनि खुल्यो ।’’

यस्तै यस पटक जिउनिखोला ट्याङ्की निर्माण योजनाको अध्यक्ष रहेकी लक्ष्मी रानाले अघिल्लो पटक प्राविधिकको लागत स्टमेन्ट नबुझ्दा खर्च बढ्यो । यस पटक उनी सो समस्या जिउनीखोला ट्याङ्की व्यवस्थापन तथा निमार्णमा नहोस् भन्ने हिसाबले काम गर्न चाहान्थिन्। त्यसका लागि पनि सोही समयले सहयोग पुगेको छ । उनले योजनाको अनुमान र प्राविधिको सल्लाहअनुसार नै यस पटक काम गर्ने बताइन्।

वडा कार्यलयले पनि बाँकी रहेका केही योजनाको सौम्झौताको काम पुस मसान्तसम्म सक्ने र योजनाको काम चैतभित्रै सक्नेगरी काम थालेको वडाध्यक्ष ढालप्रसाद शेरचनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्