Skip to content
Shikhar Insurance
National Life

‘टेलिकमले फोन ट्यापिङ गर्छ भन्नु हल्लामात्र हो, हामीसँग उपकरण नै छैन’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले अब छिटै नेपालमा वाईफाई युगको अन्त्य हुने बताएका छन् । नेपाल टेलिकमले आज आयोजना गरेको पत्रकार सम्बेलनमा प्रबन्ध निर्देशक अधिकारीले यस्तो बताएका हुन् ।

टेलिकमले ग्राहकको फोन ट्यापिङ गर्ने गरेको हो ? भन्ने पत्रकारको प्रश्नमा अधिकारीले भने नेपालमा फोन ट्यापिङ गर्ने कानुन नभएको, कानुुन विपरीत काम टेलिकमले नगर्ने, तथा कानुनै नभएको उपकरण समेत नेपालमा ल्याउन नमिल्ने भएकाले टेलिकमले ग्राहाकको फोन ट्यापिङ गर्ननै नसक्ने प्रष्ट पारे । टेलिकम ग्राहाकको गोपनियतामा सचेत रहेको भन्दै उनले यस्तो हल्लाको पछि नलाग्न आग्रह समेत गरे ।

टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजी परीक्षणका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट फ्रिक्वेन्सी प्राप्त नभइनसकेकाले परीक्षणमा ढिलाई भएको बताए । उनका अनुसार फाइभजी उपकरण तयारी हालतमा नपाइने र निर्माण गर्न लगाउनु पर्ने हुँदा समय लागेको बताए ।

कार्यक्रममा ७०.४ प्रतिशत जनसंख्यमा टेलिफोन, ६८.२६ प्रतिसतमा इन्टरनेट, २ करोड ४ लाख ९ हजार ५ सय ७८ मोबाइल ग्राहक तथा २ करोड ४ लाख ३ हजार ९ सय ८६ जनसंख्या इन्टरनेटको पहुँचमा रहेको जानकारी दिइयो । त्यस्तै ७७ वटै जिल्लामा फोरजी सेवा पुगेको, ७ सय ५३ मध्ये ६ सय ८२ स्थानीय तहमा फोरजी सेवा पुगेको र फाइभजी परीक्षण सञ्चालनका लागि नेपाल दुरसञ्चार प्राधिकरणमा जेठमै अनुरोध पत्र पठाइएको टेलिकमले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्