Skip to content
Shikhar Insurance
National Life

टेलिकमको नाफा २२ प्रतिशतले घट्यो, ‘खर्चमा ह्वात्तै वृद्धि, व्यापार कटौती’ कारण

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा घटेको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्म ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार ९ सय ९ रुपैयाँ खुद नाफा गरेको हो ।

यो नाफा गत आवको यही अवधिको भन्दा १ अर्ब ६८ करोड १० लाख रुपैयाँ कम हो । कम्पनीले गत आवको चैत मसान्तसम्म ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार ३ सय ८० रुपैयाँ खुद नाफा गरेकामा चालु आवको सोही अवधिमा ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार ९ सय ९ रुपैयाँ खुद मुनाफा कमाएको हो ।

चैत मसान्तसम्म कम्पनीको कुल आय ३१ अर्ब ६७ करोठ ३७ लाख ७३ हजार ९ सय ३७ रुपैयाँ छ । टेलिकमको आम्दानीमै गिरावट आउँदा नाफा पनि घटेको हो । गत आवको चैत मसान्तसम्म कम्पनीले ३२ अर्ब २७ करोड २३ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको देखिन्छ ।

कोभिड १९ महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको छ जसकारण टेलिकमको नाफा घटेको बताइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो वर्षको तुलनामा चालु आवमा घट्न गएको हुँदा टेलिकमले गर्ने ब्याज आम्दानीमा कमी आएको छ ।

यस्तै महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलब्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डेटाको उपयोग बढेनि राजस्वमा वृद्धि भएको छैन ।

महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको टेलिकमले जनाएको छ । ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको छ ।

समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत सम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा फोरजी एफटीटीएच जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीले जनकारी दिएको छ ।

यस अवधिमा कम्पनी सेवा वापतको आय (आम्दानी) भने ७ प्रतिशतले बढेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार तेस्रो त्रैमासको सेवा वापतको आय ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार ४ सय ५९ रुपैयाँ छ । जुनचालु आवको दोस्रो
त्रैमासको भन्दा ७ प्रतिशत अर्थात् ६३ करोड ६८ लाख रुपैयाँ बढी हो ।
चालु आवको पहिलो र दोस्रो त्रैमासमा कम्पनीको कुल सेवा वापतको आय क्रमशः ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ र ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रुपैयाँ थियो ।

कम्पनीले तेस्रो त्रैमासमा २ अर्ब ५९ करोड ५० लाख ७७ हजार ४ सय ४९ रुपैयाँ खुद नाफा गरेको हो । अघिल्ला त्रैमासमा कम्पनीको नाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३ सय ८१ र १ अर्ब ७७ करोड १६ लाखख २५ हजार ७९ रुपैयाँ थिए ।

९ महिनामा कम्पनीले कुल २७ अर्ब ४५ करोड १३ लाख ५२ हजार ९ सय ६१ रुपैयाँ आम्दानी गरेको छ । जुन कमाइ अघिल्लो आवको यही अवधिको भन्दा २.२९ प्रतिशत बढी हो । अघिल्लो आवको चैत मसान्तसम्म कम्पनीको आम्दानी २६ अर्ब ८३ करोठ ६६ लाख रुपैयाँ थियो ।

तेस्रो त्रैमासको आम्दानी अघिल्लो आवको तेस्रो त्रैमासको भन्दा ९२ करोड ९३ लाख रुपैयाँ बढी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्