Skip to content
Shikhar Insurance
National Life

टेलिकमको ओरालो यात्राः व्यापार र नाफा दुबैमा भारी गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमको ओरालो यात्रा उत्कर्षमा पुगेको छ । टेलिकमले सार्वजनिक गरेको पुस मसान्त अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको नाफा ३३.४० प्रतिशतले घटेको छ । गत आवको पहिलो छ महिनामा ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेको कम्पनी यसपाली ३ अर्ब २८ करोडमा खुम्चिएको छ ।

टेलिकमको इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवाको आम्दानी अघिल्लो पुसमा १८ अर्ब ३ करोड गरेको थियोतर यसपाली १७ अर्ब ७२ करोड रुपैयाँमै खुम्चिएको छ । अर्थात कम्पनीको मुल आम्दानीको श्रोत नै १.७४ प्रतिशतले घटेको छ।

बैंक ब्याज र अन्य आम्दानी पनि २६.६५ प्रतिशतले घटेर २ अर्ब ८५ करोडमा सिमित भएको छ । जुन गत आवको यहि अवधीमा ३ अर्ब ८८ करोड रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी २० अर्ब ५७ करोड मात्रै छ जबकी गत आवको सोही अवधीमा त्यस्तो आम्दानी २१ अर्ब ९२ करोड रुपैयाँ थियो ।

१५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीमा कर्मचारीसहित सर्वसाधारणको सेयर स्वामित्व ८.४७ प्रतिशत छ । बाँकी सेयर सरकारी स्वामित्वमा छ । ८० अर्ब ३७ करोड रुपैयाँ जगेडा कोषमा छ भने पुँजी कोषको आकार ९५ अर्ब ५२ करोड रुपेयाँ छ। टेलिकमले हालसम्म कति लाभांश दिने भन्ने टुंगो लगाईसकेको छैन् ।

कम्पनीमा सर्वसाधारण लगानीकर्ताको हिस्सा बढाउनुपर्ने आवाज उठिरहेको छ । सञ्चार मन्त्री पार्वत गुरुङले कम्पनीको बार्षिकोत्सव समारोहमा सर्वसाधारण सेयरधनीको हिस्सा बढाउनुपर्ने धारणा राखेका थिए ।टेलिकममा पुँजी लगानीसहितको विदेशी साँझेदार भन्दा व्यवस्थापन करारमा साँझेदारी खोज्ने प्रक्रिया अघि बढिरहेको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्