Skip to content
Shikhar Insurance
National Life

टिसीएलको नयाँ योजना : सामान खरिदमा १ लाख ६३ हजारसम्मको बचत साथै आकर्षक उपहार

Hyundai
NCELL
NIMB

काठमाडौं । टिसीएल ब्रान्डले नयाँ वर्ष लक्षित गर्दै ‘दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ नामक योजना सार्वजनिक गरेको छ । टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको हो ।

यो योजना चैत २३ गतेदेखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेको कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले कुनैपनि टिसीएलको सामानको खरिदमा १ लाख ६३ हजार ३ सय सम्मको बचत र अन्य आकर्षक उपहारहरु पाउन सक्ने कम्पनले जनाएकको छ । यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

साथै, पुराना भएका सामाग्री फेरबदल गरि नयाँ सामान लान चाहाने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ। नेपाल अधिराज्यभर टिसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत इओएल प्रालि रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्