Shikhar Insurance
National Life

टिमले दिएको भूमिकाअनुरूप बलिङ गरेको छु : ललित राजवंशी

सिंहदरबार संवाददाता
२०८१ मंसिर २०, बिहीबार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिनुभएका जनकपुर बोल्ट्सको स्पिनर ललित राजवंशीले टिमले दिएको भुमिका र आवश्यकताअनुरूप बलिङ गरिरहेका बताएका छन् ।

जितपछि उनले प्रतिद्वन्द्वीअनुरूप मानसिक रूपमा नै तयारी भएर बलिङ गर्ने गरेको र यसलाई आफूलाई मद्दत पनि मिलेको बताउँदै आफ्नो टोलीको राम्रो नतिजा आउँदा खुशी रहेको र आफ्नो प्रदर्शनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टोलीमा एकआपसमा प्रोत्साहन गरिरहँदा खेल्न सहज पनि भएको उनी बताउँछन् । विदेशी खेलाडीले पनि एकअर्कालाई साथ दिइरहेको उनले उल्लेख गरे । ललितले कहिले कहीँ सोचेअनुरूप नतिजा नआउने र त्यसैले पनि आज कप्तान अनिल साहका लागि सहज नभएको बताए ।

प्रशिक्षक पुबुदु दसानायकेलाई घरेलु र एसोसिएट क्रिकेटरबारे राम्रो जानकारी भएकाले पनि सबै खेलाडीलाई खेल्न सहज भएको उल्लेख गरे । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अन्तिम ओभरतिर रन बन्न नसक्दा जितको लक्ष्यका लागि २०/२५ रन कम भएको बताए ।

जनकपुर बोल्ट्सँग हारपछि पोखराका कप्तान कुशलले टसका कारणभन्दा पनि लक्ष्यमा कम भएको उल्लेख गर्दै दुई खेलमा हार भएपनि आगामी पाँच खेलमा राम्रो गर्ने विश्वास व्यक्त गरे । यी खेल जितेमा आगामी बढ्ने उनको भनाइ छ ।

घरेलु र विदेशी खेलाडी पनि युवा रहेको उनको भनाइ छ । आफ्नो पनि प्रदर्शन नहुनुले कठिन नै भएको उनी बताउँछन् । कुशलले आफूले जति लामो इनिङ खेल्यो टिमका लागि त्यति नै राम्रो हुने बताउँछन् । पावर प्लेमा योजनाअनुरूप नै बलिङ गरेको उनले उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्