Skip to content
Shikhar Insurance
National Life

टाटाको जेनभोल्टज जेनेरेटर अब नेपाली बजारमा

Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ ।

विभिन्न प्रयोजनहरुको लागि जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो पनि छ । २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ ।

यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

“हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौ । टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिबद्धछ ।” टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णले बताए, “टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदानगर्नेछ । सिप्रदी ग्रुप दशकौंदेखि टाटाका कमर्सिअल गाडीहरुको बिक्री तथा सेवा सम्बन्धि कार्यलाई उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रतिबद्ध छ । यही प्रतिबद्धता यस ग्रुपले जेनभोल्टज प्रति प्रदर्शन गर्नेमा हामी विश्वस्त छौ ।”

यसैगरी, सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, “आफ्नो स्थापनाकालदेखि नै सिप्रदी ट्रेडिङ्ग आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकहरुको इच्छा र आवश्यकताहरुलाई परिपूर्ति गर्न प्रतिबद्ध छ । टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ उर्जा प्रदान गर्नेछ । हामी पूर्ण विश्वस्त छौं कि टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुनेछ ।”

सिपिसिबी २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरि उत्कृष्ट कार्यक्षमता देखाउँछ ।

यसका विशेष प्रकारको इन्जिनको आयु लामो छ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्