Skip to content
Shikhar Insurance
National Life

टक्सार महाशाखाद्वारा ब्रेक शु भित्रको सुन निकाल्न सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकाल्न सुरू गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो।

तस्करी गरेर ल्याइएको उक्त सुन निकालेर जोख्ने तयारी भइरहेको छ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो। तर अहिलेसम्म जोखिएको भने थिएन।

सुन पक्रिएको २७ दिनपछि मात्रै सुन निकाल्न सुरु गरिएको हो । सुन निकाल्न अघि प्रकृयाको विषयमा बैंक, सीआईबी र अनुसन्धान विभागको सयुंक्त बैठक बसेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्