Skip to content
Shikhar Insurance
National Life

ज्योति क्यापिटलको सञ्चालकमा अविनास उप्रेती

Hyundai
NCELL
NIMB

काठमाडाैं। ज्योति क्यापिटल लिमिटेडको सोमबार सम्पन्न सञ्चालक समितिको ३० औं बैठकले कम्पनीको रिक्त रहेको सञ्चालक पदमा अविनास उप्रेतीलाई नियुक्त गरेको छ ।

उनी ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । स्नातकोत्तर तह (एमबीए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका अविनास उप्रेती जेठ २९ गते साेमबारदेखि लागू हुने गरी यस ज्योति क्यापिटलको सञ्चालकमा नियुक्त भएका हुन् ।

नवनियुक्त सञ्चालक अविनास उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले हालसम्म नेपाल सरकारलाई ३६ लाख ७५ हजार रूपैयाँ कर दाखिला गरिसकेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमतिका लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण सञ्चालनमा आउने क्रममा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्