Skip to content
Shikhar Insurance
National Life

जैन दीपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधि

Hyundai
NCELL
NIMB

काठमाडौं । जैन दीपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधि जितेकी छन् । उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले हात पारेकी हुन् ।

गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दीपिका ग्यारेट विजयी भएकी हुन । त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल भएकी हुन् ।

विजयी प्रतिस्पर्धिलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराएकी हुन्। प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको थियो ।

एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगिता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दीनि एल थापा, सौरभ ज्योति रहेका थिए।

प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगितामा टप टेन, टप फाइभ प्रतिस्पर्धीहरू छनोट गर्दै विजेता छनोट गरेको हो । जसमा विभिन्न विधागत हिसावमा प्रतिस्पर्धीलाई पुरस्कार एवं विषयगत टाइटलमा अवार्ड प्रदान गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्