Skip to content
Shikhar Insurance
National Life

जेठ १७ देखि प्रथम ललितपुर जुत्ता चप्पल मेला हुने, २० देखि ५० प्रतिशतसम्म विशेष छुट

Hyundai
NCELL
NIMB

काठमाडौं। “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित एक महिना प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० हुने भएको छ। आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुरको जावालाखेलमा उक्त मेला हुने जानकारी दिइएको हो।

मेला जेठ १७ गतेदेखि असार १७ गतेसम्म एक महिना सञ्चालनमा हुने प्रेस नोटमा उल्लेख गएिको छ । आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो ।

प्रेस नोटमा भनिएको छ, नेपालको आर्थिक अवस्था यतिवेला सकारात्मक छैन । आर्थिक मन्दी र बैंकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरु प्रभावित भएका छन् । आर्थिक प्रवाह गर्ने हरेक क्षेत्रहरु यति वेला प्राय निश्कृय छन् । आर्थिक गतिविधिहरु चलायमान हुन सकिरहेको छैन । कृषि, पर्यटनलगायत उत्पादनमूलक औद्योगिक क्षेत्रहरु चरम आर्थिक संकट व्यहोर्न बाध्य छन् । आर्थिक अभावका कारण कतिपय उद्योगहरु धमाधम बन्द हुँदैछन् भने उद्योगी व्यवसायीहरुले आत्महत्याको निर्मम बाटो रोज्न थालेका छन् । यस्तो विषम परिस्थितिमा उद्योगी व्यवसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनका निमित्त पनि केही न केही गतिविधिहरु निरन्तर गरी रहन आवश्यक हुन्छ । हामी यतिबेला यही अभियानमा लागिरहेका छौं ।

मेलामा नेपालमा नै उत्पादित चर्चित ९ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ। मेलामा ३ हजारभन्दा बढीका मेडल र डिजाइनका जुत्ता चप्पल उपलब्ध हुनेछन्। मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ।

मेला अवधिमा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ। मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले बताएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्