Skip to content
Shikhar Insurance
National Life

जुम्लामा ४६ करोड राजस्व सङ्कलन, लक्ष्यभन्दा २२ प्रतिशतले कम

Hyundai
NCELL
NIMB

जुम्ला । आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ४५ करोड ९९ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख सुबप्रसाद रिजालका अनुसार कार्यालयले कूल ७७ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य कूल ५९ करोड एक लाख रहेको थियो । कूल वार्षिक लक्ष्यको ७७ दशमलव पाँच प्रतिशत राजस्व उठेको प्रमुख रिजालले जानकारी दिए । यस्तै, ३८ करोड ९० लाख ९९ हजार आयकरको राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा ३१ करोड ५४ लाख २३ हजार सङ्कलन भएको छ । सो अवधिमा कूल ८१ दशमलव छ प्रतिशत प्रगति भएको छ ।

कार्यालय प्रमुख रिजालले भने,“ १९ करोड नौ लाख ३० हजार बहालकर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म ११ करोड तीन लाख ७३ हजार सङ्कलन भएको छ, कूल ५७ दशमलव सात प्रतिशत प्रगति भएको छ, त्यस्तै ब्याजदरबापत वार्षिक ५ करोड ६ लाख ३९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ५ करोड तीन लाख १६ हजार सङ्कलन भएको छ, कूल प्रगति ९४ दशमलव २९ प्रतिशत रहेको छ ।”

मूल्य अभिवृद्धि करबापत १६ करोड ५४ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म ११ करोड ९३ लाख ४९ हजार सङ्कलन भएको छ । कूल ७२ दशमलव १३ प्रतिशत प्रगति भएको प्रमुख रिजालको भनाइ छ । अन्तःशुल्क ९ करोड ९ लाख ६६ हजार लक्ष्य रहेकामा ८ करोड पाँच लाख ३७ हजार राजस्व सङ्कलन भएको छ । यसको कूल प्रगति ८५ दशमलव ६६ प्रतिशत रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

जम्मा करदाता सङ्ख्या अन्तःशुल्क इजाजत लिएका पाँच सय ८१, भ्याटतर्फ एक हजार पाँच सय २२ र आयकरतर्फ १५ हजार दुई सय १४ रहेको कार्यालयका सूचना अधिकारी धनसिंह थापाले बताए । जुम्लामा एक–एकपटक व्यावसायिक र निर्माण व्यवसायीलाई गरी दुईपटक करदाता शिक्षा दिइएको छ । एकपटक कालीकोट र दुईपटक मुगुका व्यवसायीलाई करदातासम्बन्धी शिक्षा दिइएको छ ।

उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोटमा पनि कार्यक्षेत्र रहेको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरेको सूचना अधिकारी थापाको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्