Skip to content
Shikhar Insurance
National Life

जीवन विकास लघुवित्तको १४.७३ लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १४ प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतले हुन आउने ९९ लाख २९ हजार ८७ रुपैयाँबराबरको नगद लाभांश छन् ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्