Skip to content
Shikhar Insurance
National Life

जीवन विकास लघुवित्तद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १४.७३६९ प्रतिशत लाभांश घोषणा गरेको हो।

लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तले हाल कायम चुक्ता पूँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४.७३६९ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको हो । जसमध्ये १४ प्रतिशतका दरले हुन आउने १६ करोड ५४ लाख ८४ हजार ७०० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशतका दरले हुन आउने ८७ लाख १० हजार ४९८ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्