Skip to content
Shikhar Insurance
National Life

जीवन विकास लघुवित्तद्वारा बम्पर ३७.३६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ३७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो।

लघुवित्तको फागुन ६ गते बसेको सञ्चालक समितिको ७२औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तले हाल कायम चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको ३७.३६८४ प्रतिशतका दरले हुने ३८ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २८ प्रतिशतकारदरले हुने २८ करोड ९५ लाख ९८ हजार बोनस सेयर रहेको छ भने ९.३६८४ प्रतिशतका दरले हुने ९ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE