Skip to content
Shikhar Insurance
National Life

जीवन बीमा कम्पनीले २० प्रतिशत लगानी पूर्वाधारमा गर्नै पर्ने, २० अर्ब लगानी थपिने

Hyundai
NCELL
NIMB

काठमाडौं । अब जीवन बीमा कम्पनीहरुले पूर्वाधारका क्षेत्रमा २० प्रतिशत लगानी गर्नै पर्ने भएको छ । बीमा समितिले फागुन ९ गते आइतबारका दिन पत्र लेखेर जीवन बीमा कम्पनीहरुलाई पूर्वाधारका क्षेत्रमा २० प्रतिशत लगानी गर्न भनेको हो ।

बीमकको लगानी निर्देशिका, २०७५ मा बीमा कम्पनीहरुले २० प्रतिशत लगानी कृषि, पर्यटन र उर्जामा गर्नुपर्ने व्यवस्था गरेको छ ।
कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था अघि सारिएको भएपनि हालसम्म एकाध कम्पनीले सिमित मात्रामा मात्रै लगानी गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘पूर्वाधारका क्षेत्रमा लगानी गर्नुस् भनेको दुई वर्ष पुगिसक्दा पनि अधिकांशले टेरेका रहेनछन्, अब पूर्वाधारमा लगानी गरेनन् भने अन्त पनि लगानी गर्न दिँदैनौं’, बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले सिंहदरबारसँग भने । समितिले पहिलो चरणमा जीवन बीमा कम्पनीहरुलाई तोकिएको क्षेत्रमा तत्काल लगानी गर्न निर्देशन दिएको र केहि समयभित्रै निर्जीवन बीमा कम्पनीहरुलाई पनि त्यस्तै निर्देशन दिने बताए ।

बीमा कम्पनीहरु बैंकमा निक्षेप राखेर नाफा कमाउन पल्केको भन्दै अध्यक्ष सिलवालले अब त्यस्ता दिन सकिएको स्पष्ट पारे । ‘नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषहरुले पूर्वाधारमा लगानी गर्न सक्ने अनि बीमा कम्पनीले नसक्ने भन्ने हुन्छ र ?’, अध्यक्ष सिलवालले भने । उनले बीमा कम्पनीहरुले पूर्वाधार कम्पनीहरुमा ऋण वा पुँजी लगानी गर्ने बाटो खुला रहेकाले देश बनाउने अभियानमा बीमा कम्पनीको पनि दायित्व हुने बताए ।

कति आउँछ लगानी ?
हाल १९ वटा जीवन बीमा कम्पनी छन् । तिमध्ये नयाँ जीवन बीमा कम्पनीहरुको टेक्निकल रिजर्भको आकार सानो छ । पुराना १० वटा जीवन बीमा कम्पनीहरुले भने औषतमा प्रत्येक कम्पनीले डेढ अर्ब रुपैयाँ पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्ने अवस्था रहेको समितिकै एक अधिकृतले बताए । ‘कम्पनी अनुसार लगानीको क्षमता फरक फरक छ तर पुराना जीवन बीमा कम्पनीहरुले औषतमा एक अर्ब ५० करोड रुपैयाँसम्म लगानी गर्न सक्छन् ।’, समितिका ति अधिकारीले भने । १० वटा जीवन बीमा कम्पनीले औषतमा डेढ अर्ब लगानी गर्दा तत्कालै २५ अर्ब रुपैयाँ लगानी थपिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्