Skip to content
Shikhar Insurance
National Life

जाजरकोटमा भुकम्प पिडितको घरदैलोमा सिटिजन लाइफको विशेष सहायता कक्ष तयार

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जाजरकोट शाखा अन्तर्गत भूकम्प प्रभावितका लागि विशेष सहायता कक्ष तयार गरेको छ । कम्पनीले कठिन समयमा यथाशीघ्र जीवन बीमा दावी भुक्तानीको लागि सो विशेष सहायता कक्ष तयार गरिएको हो।

जाजरकोट जिल्ला बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु भए शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडको भुकम्पले ठुलो मानबिय क्षति गरेको छ । उक्त घटनाप्रति दुख ब्यक्त गर्दै सहज रुपमा सेवा पुराउने उद्देश्यले कम्पनीले सहायता कक्ष तयार गरेको हो ।

कम्पनीले एक सूचना प्रकाशित गरी घाइतेहरुको शीघ्र एवं प्रभावकारी उद्धारको लागि आवश्यक सहयोग पुर्याउन पहल गरिसकेको र थप मद्दत गर्न सक्दो कदम चाल्ने जानकारी दिएको छ ।

साथै यस कठिन समयमा जीवन बीमा दाबी भुक्तानीको लागि सम्पूर्ण कर्मचारीहरू तथा अभिकर्ताहरुलाई विपदको घडीमा आ–आफ्नो क्षेत्रबाट बीमा दाबी लगायतका आवश्यक हरसम्भव सहयोग गर्न कम्पनीले आग्रह गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्