Skip to content
Shikhar Insurance
National Life

जलसतह र बहाव घट्दै गएपछि सप्तकोसीमा ‘जेटबोट’ पुन: सञ्चालन

Hyundai
NCELL
NIMB

सुनसरी । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुन: सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुन: सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताएका हुन् ।

केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने ‘चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।’

हाल सुनसरीको चतरादेखि बराहक्षेत्रहुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।

आज विहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायतले निरीक्षण गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्