Skip to content
Shikhar Insurance
National Life

जलवायु परिवर्तनको विषयलाई नजरअन्दाज गरेर बस्ने छुट नेपाललाई छैन: मन्त्री गुरुङ

Hyundai
NCELL
NIMB

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले जलवायु परिवर्तनको विषयलाई नजरअन्दाज गरेर बस्ने छुट नेपाललाई नभएको बताईन् ।

शुक्रवार वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा आयोजना गरेको संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धि २८ औं सम्मेलन (कोप–२८) को समिक्षात्मक बैठकमा बोल्दै उनले जलवायु परिवर्तनले नेपालको हिमालमा मात्रै नभई बस्ती, शहर र पूर्वाधार विकासमा पार्ने असर, जनताको सेवा सुविधा र आर्थिक स्थायित्वमा पार्ने असरहरु एकदमै जटिल बन्दै गएको र यसलाई नजरअन्दाज गरेर बस्ने छुट र फुर्सद दुवै नेपाललाई नभएको बताइन् । उनले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नका लागि कोष परिचालन सम्बन्धित मन्त्रालयहरुबीच सहकार्य हुनुपर्नेमा पनि जोड दिइन् ।

मन्त्री गुरुङले कोप २८ मा नेपालको उपस्थिति विश्वमा नै पहिचान दिलाउने खालको भएको दाबी गर्दै त्यसलाई स्थापित गराउनका लागि भने अन्तर मन्त्रालयबीच ठोस योजना तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् । मन्त्री गुरुङले जलवायु परिवर्तनले पारेको असरको क्षति नेपालले भोग्नुपर्ने भएकाले त्यसको न्युनिकरणका लागि वाह्य लगानी भित्र्याउने कुरारमा ध्यान दिनुपर्ने बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्