Shikhar Insurance
National Life

जब बैंकिङ नबुझेका उद्योग मन्त्री भण्डारीले बैंकहरुले युवा पलायन रोक्न नसकेको भन्दै गाली गर्न थाले..

सिंहदरबार संवाददाता
२०८१ पुष १९, शुक्रबार १७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । शुक्रबार (पुस १९ गते) बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आफ्नो पाँचौ साधारणसभा छायाँदेवी कम्प्लेक्स स्थित अलफ्ट होटलमा आयोजना गर्यो । नयाँ कार्यसमिति चुन्ने साधारणसभामा प्रमुख अतिथीको रुपमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई सिविफिनले बोलाएको थियो ।

कार्यक्रममा डा. रमेश पौडेलले रिसर्च पेपर सहित कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तिममा बोलेका मन्त्री भण्डारीले बैंक तथा वित्तिय क्षेत्रको कार्यक्षेत्र भन्दा बाहिर गएर आफ्नो भनाई राख्न थाले । मन्त्री भण्डारीले बैंक तथा वित्तिय संस्थाहरुले युवा पलायनलाई रोक्न नसकेको, जल, वन जंगल, जमिनमा जान नसकेको, रोजगारी सृजना गर्न नसकेको आरोप लगाए । उनले बैंकिङ क्षेत्रमा जति पनि विकास भएको छ, ती सबै ठूला राजनितिक दलले गर्दा मात्रै भएको दाबी गरे । उनले सरकारले बैंकहरुबाट ऋण लिएकोले बैंकहरु आरामले बुस्न सकेको दाबी गरे । सबै क्षेत्र घाटामा जादा बैंकिङ क्षेत्रले मात्रै नाफा कमाएको आरोप लगाउन भ्याए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामिण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताए । नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने भन्दै बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको बताए। मनगढन्ते शैलीमा उद्योग मन्त्री भण्डारीले वन जंगल, जल, जमिनमा बैंकहरुले काम गर्न नसकेको आरोप लगाए ।

मन्त्री भण्डारीले भने, “जल,जङ्गल,जमिन,खानी,उद्योग भनिरहेका छौं । तर त्यो कुरा बैंकहरुले छाडेको छ । अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था छ । त्यसैले मुलुकभित्रका सम्भावनाहरुलाई छोड्दै गएका छौं । त्यसलाई फर्काउनु पर्ने छ । हामीले कृषि र उद्योगबाट उत्पादनमा जोड दिने भनेका छौं तर बैंकको कृषिमा मात्रै लगानी कति छ ? पछिल्लो समय बैंकहरुसँग उद्योगीहरु त्रसित नै छन् । निजी क्षेत्र नै वित्तिय क्षेत्र हो । उद्योगबाट नाफा नहुँदा बैंकबाट नाफा कमाउने उद्योगी व्यवसायीहरु छन् ।”

स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको मन्त्री भण्डारीको भनाई छ । स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी उनको छ ।

मन्त्री भण्डारीको भनाईमा नेपालबाट युवा पलायन रोक्न, स्थानीय तहहरुमा संभावनाको खोजी गर्न बैंकहरु असफल भएका छन् । उद्योगी व्यवसायीहरुले घाटा खादा बैंकमा लगानी गर्नेहरुले नाफा कमाएको भन्दै मन्त्री भण्डारीले आक्रोश पोखे ।

सरकारको निर्देशन अनुरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी,सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता बाडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने उनले बताए । उनले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको आरोप लगाए । उनले भने, “हामी बैंकिङ पुहँचमा तथ्याङ्कमा मात्रै रमाउनु मात्रै हुँदैन । पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगेको छ । तर बैंकहरुले स्थानीय तहमा गरेको काम चित्तबुझ्दो छैन । बैंकरुको परिणाम राम्रो छैन । बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक सम्भावना भएको ग्रामिण क्षेत्र त्यहाँ वित्तीय क्षेत्रले सम्भावनाको खोजी गर्न सकेन भन्ने मेरो मान्यता हो । सरकारले स्थानीय तहमा बैंकहरु जानुपर्छ र बैंक खोल्नुपर्छ भनेर निर्देशन गर्यो । सानो आकारको भएपनि आयोजना र बजेट जाने भएकाले त्यसको भुक्तानी गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता दिनुपर्छ । त्यही कारोबार गरेर बैंकिङ पहुँच सुदृढ भएको छ भन्ने हाम्रो निष्कर्ष छ । बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै छौं ।”

मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धी प्रमुख राजनीतिक दलहरुको रहेको उल्लेख गरे । उनले सरकारले बैंकको कर्जा लिइदिएकाले बैंकहरु ढुक्क भएर बसेको दाबी गरे । बैंकहरुले जोखिम मोल्न नचाहेको उनको भनाई छ । मन्त्री भण्डारीले सचिवालय खडा गरी कर्मचारीहरु राखे पनि विषय वस्तुको ज्ञान उनमा निकै कम रहेको पाइएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्