Skip to content
Shikhar Insurance
National Life

जन्मदिनका अवसरमा विद्यार्थीलाई पोसाक

Hyundai
NCELL
NIMB
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गरेका छन् ।
Citizen Life
Kumar Bank
Prabhu Insurance
जन्मदिनको अवसरमा राप्तीसोनारी–२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका ४० विपन्न, टुहुरा तथा असहाय विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले पोसाक वितरण गरिएको उनले बताए ।
“जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विपन्न वर्गका विद्यार्थीलाई पोसाक वितरण गरेर सहयोग गरेको हुँ”, वडाध्यक्ष ओलीले भने, “आफ्नो जन्मदिनमा अरू कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ । मैले जे सकेँ त्यही गरेको मात्र हुँ ।”
सामाजिक क्षेत्रमा काम गर्दै आएका उनले विद्यालय पोसाक किन्नसमेत गाह्रो भएका अभिभावक तथा विद्यार्थीलाई पोसाक प्रदान गगरेका विद्यालयका प्रधानाध्यापक कालीबहादुर विष्टले बताए । यसअघि पनि वडाध्यक्ष ओलीले आफ्नो जन्मदिनका अवसरमा खेलकुद मैदान र मन्दिरलगायत संरचना निर्माण गरेका थियो ।
GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE