Skip to content
Shikhar Insurance
National Life

जनार्दन शर्मा विरुद्ध आक्रामक बन्दै अर्थमन्त्री पुन, ‘कर ऐनको दफा बिक्रीको आरोप’

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन पार्टी भित्रैका प्रतिस्पर्धी जनार्दन शर्मा विरुद्ध आगो ओकेलिरहेका छन् । प्रतिपक्षी दलका पुर्व अर्थमन्त्रीहरुसँग नरम रहेका मन्त्री पुन आफ्नै पार्टीका शर्मा विरुद्ध भने एकोहोरो विरोधमा उत्रिरहेका हुन् ।

नेकपा माओवादीभित्रका यी दुई पात्रको प्रतिस्पर्धा भने पुरानो होइन । उनीहरु महासचिव बन्ने विषयलाई लिएर ठूलो प्रतिस्पर्धामा उत्रिदा पार्टी अध्यक्ष पुष्पकमल दाहालले महासचिव नै देव बहादुर गुरुङलाई बनाउन बाध्य भएका थिए ।

माओवादीभित्र २ बलिया गुट छन् । एक पुन पक्ष र अर्को शर्मा पक्ष । यी दुई गुटको पार्टीभित्रको प्रतिस्पर्धा मन्त्री पुनले अर्थमन्त्री बन्दा समेत देखाइरहेका छन् । २०८० फागुन २३ गते शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएर मन्त्रालय सम्हाल्न आइपुगेका मन्त्री पुन शर्मा विरुद्ध लागिरहेका छन् । मन्त्री पुनले प्रि बजेटको स्लोगन नै ‘कुनै व्यापारिक घरानालाई निशाना बनाएर कर दर निर्धारण गर्दिन ।’ भन्ने बनाएका छन् ।

यो शब्द दोहोर्याइ रहनुको अर्थ हो जनार्दन शर्मालाई व्यांग गर्नु । उनले आर्थिक ऐन २०७९ मार्फत सिमित व्यवसायिक घरानालाई फाइदा पुग्नेगरी मात्रै कर दर निर्धारण गरेका थिए । यसबाट शर्माले ठूलो आर्थिक लाभ लिएको पार्टीभित्रैबाट समेत आरोप लाग्ने गरेको छ । उनैले निर्धारण गरेको कर दरको कारण नै आर्थिक वर्ष २०७९/०८० मा जगदम्बा स्टिलले मात्रै ५० अर्बको कारोबार गरेको थियो ।

मन्त्री शर्माले आफ्नै भट्टी (प्लान्ट)मा आधारित उद्योगलाई थोरै र कटिङ गरेर मात्रै रड बनाउने उद्योगलाई चर्को कर लगाएका थिए । शर्माको कर दरको सर्वाधिक विवाद समेत भई संसदीय समिति नै बनेको थियो ।

मन्त्री पुनले अहिले सोहि विषयलाई लिएर दैनिक भाषण गररिरहेका छन् । उनले आफ्नो समयमा कुनैपनि शिर्षकको कर दर बिक्रीमा नराख्ने बताइरहेका छन् । पुर्व अर्थमन्त्रीहरुको विरोध नगर्ने बताइरहेका मन्त्री पुन पुर्व मन्त्री शर्मासँगलाई भने निरन्तर पेलिरहेका छन् ।

शुक्रबार (जेठ ४ गते) राजधानीमा आयोजित प्रि बजेट कन्फ्रेन्समा पनि मन्त्री पुनले कुनै एक अर्थमन्त्रीकको सनकमा व्यवसायीले वर्षौदेखी बनाएको विरासत सक्काउन नहुने बताए । उनले भनेका छन्, ‘अर्थमन्त्री व्यक्ति होइन संस्था हो मन्त्रीलाई लाग्यो भन्दैमा जेपनि गर्न पाउदैन उसको पनि अनुसाशन हुन्छ ।’

मन्त्री पुनले आफूले गर्ने भाषणमा पुर्व अर्थमन्त्री शेर्माको नाम मात्रै लिएका छैनन । तर उनैलाई लक्षित गरेर आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्क, भन्सार ऐन कुनै पनि ऐनको दफा बिक्री नहुने बताइरहेका छन् ।

मन्त्री पुनले जनार्दन शर्माको पालामा बजेट लेखेका अर्थ सचिव मधुकुमार मरासिनीलाई अर्थ सचिवमा ल्याएका छन् । मरासिनी बजेटमा कर दर नियतवस तलमाथी भएको भन्दै तत्कालिन मन्त्री शर्मालाई छाडेर सरुवा मागेका थिए । सचिव मरासिनीले तत्कालिन मन्त्री शर्माले पैसाकै चलखेलकै सिमित घरानाका लागि फाइदा पुग्नेगरी कर दर चलाएको अनौपचारिक रुपमा बताउँदै आएका छन् ।

शर्मा र पुन दुई फरक धारका राजनिति बोकेर हिडिरहेका छन् । शर्माले भारत नजिक रहेर दल तथा सरकार निर्माणका लागि भुमिका निभाईरहेका छन् भने मन्त्री पुन चीन नजिक रहेर सत्ता गठबन्धन बनाउन सिपालु छन् । हालको सत्ता गठबन्धन बनाउन पनि मन्त्री पुनले ठूलो भुमिका खेलका थिए । यस्तै, नेपाली काँग्रेससँग मिलेर सरकार बनाउने मामिलामा शर्मा सक्रिय बन्ने गरेका छन् ।

स्रोतका अनुसार वर्षमान पुन सुन तस्करीमा सहभागी भएको विषयमा शर्मा निकै उत्साही बनेका थिए । सोही अनुसार राज्यको संयन्त्रलाई प्रयोग गर्न लगाएको पनि बताइन्छ । स्रोतले सिंहदरबारसँग भन्यो, ‘यी दुई पात्र एकले अर्कालाई सक्नेगरी अघि बढेका छन्, एक नेता समस्यामा पर्दा अर्का नेता खुइल्याउन लागि परिरहेका हुन्छन् भने अर्का नेता अप्ठ्यारोमा पर्दा अर्काले असहयोग गर्ने गरेका छन् ।’

पुर्व मन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दा पनि मन्त्री पुनले सार्वजनिक रुपमा नै गलत भएको टिप्पणी गरेका थिए ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE